दफा
पूँजी शेयर र शेयरहोल्डरहरू
: (१) संस्थानको अधिकृत पूँजी नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) संस्थानको कूल पूँजीमा कम्तीमा एकाउन्न प्रतिशत शेयर नेपाल सरकारले लिनेछ र बढीमा पच्चीस प्रतिशत शेयर समितिका कर्मचारीलाई तोकिए बमोजिम बिक्री गरिनेछ । बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । कर्मचारीले खरीद गरेको शेयर निजले संस्थानको सेवामा रहुन्जेल सुक्री बिक्री गर्न पाउने छैन ।
(३) प्रत्येक शेयर अविभाज्य हुनेछ ।
(४) साधारणतः संस्थानका कर्मचारीलाई बाहेक कुनै व्यक्ति वा कम्पनीलाई तोकिएको प्रतिशतभन्दा बढी शेयर दिनमा प्रतिबन्ध लगाउन सकिनेछ ।
(५) संस्थानको शेयरहोल्डरको दायित्व सीमित हुनेछ ।